नेपाली सेनाकाे लिगल सेमिनार-२०८० सम्पन्न
काठमाडाैं । सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवको अवसर पारेर २०८० भाद्र ३१ गतेबाट जंगी अड्डामा आयोजित लिगल सेमिनार-२०८०, आश्विन ०२ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट समापन गरिएको छ ।
नेपाली सेनामा कार्यरत कानून अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानून कार्यान्वयन सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको सेमिनारको २०८० भाद्र ३१ गते बलाध्यक्ष रथी सिताराम खड्काबाट शुभारम्भ गरिएको थियो ।
तीन दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्व न्यायाधीश, सेना प्राड विवाकका पूर्व प्रमुखहरू लगायतका विषयविज्ञहरुबाट सम्बध्द विषयहरूमा प्रस्तुतीकरण भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।
असाेज २ गते आयोजित समापन समारोहमा सम्बोधन गर्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माले कानून अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिएका थिए ।
समापनमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस