• आइतबार-बैशाख-२८-२०८२

सेनाकाे शान्ति सेना तालिममा काखापाखा, पहुँच भएकाले तालिम नै गर्नु नपर्ने ?

प्रधान सेनापतिज्यू ! न्याय दिनु हुन अनुराेध गर्दछाैं

   नेपाली सेनामा कार्यरत हामी धेरै जना मध्ये शान्ति सेनाको लागि छानिएर सैद्धान्तिक तथा व्यवहारिक ज्ञान लिन अनिवार्य तालिम गर्नको लागि हाल पाँचखाल तालिम केन्द्रमा आएका छौं । संस्थाले तोकेको समयमा हामी सुडान, कंगो, लेवनान मिशनको लागि यस तालिम केन्द्रमा आएर तालिम सक्दा समेत कतिपय पहुँचवालाहरू चाहिं शान्ति सेनामा परेका व्यक्तिहरु हालसम्म तालिममा हाजिर हुन किन नआएका प्रधानसेनापति ज्यू ? जब कि सबै जनालाई तालिम केन्द्रमा हाजिर हुन जाने मिति त तोकिएको थियो । नेपाली सेनाकाे शान्ति कार्य निर्देशनालयले समेत अनुगमन, निरीक्षण र छानबिन  गरेकाे पाइएकाे छैन ।


   गज्जब चाहिं के छ भने, तालिममा हाजिर हुने समय २ महिना वितिसक्दा समेत वेवास्ता गरी तोकिएको समयमा जर्नेल, कर्णेलहरूकाे सेवा गर्ने पहुँचको भरमा तालिम लिन हाजिर हुन नआउने कुप्रथा प्रभुराम शर्मा चिफसा'बको पालामा किन शुरु भयो ?


   नेपाली सेनाका सबै जनालाई समान किसिमले तालिम गराउने भनिए पनि शान्ति सेना जस्ताे अति महत्वकाे तालिममा समेत मनपरी नीति अपनाएर यहाँ काखा पाखा गरेको देखियो । हामी समयमा हाजिर भएका  सेनाहरूलाई तालिम लगायत रातको डियुटी समेत खापेर बस्नु परेको छ । जर्नेलहरूकाे पहुँचको भरमा हाजिर हुन नआउनेहरु उल्टो आउँदै गरेको महान चाडपर्व सकेर मानेर मात्र आउने रे  !


पाँचाखाल तालिम केन्द्रमा आएकाहरू कोही चाहिं तालिम सकियो भनेर काज गएका छन अब सिधै एयरपोर्टमा भेट्ने रे ! फलामे अनुशासनमा रहनु पर्ने सेनामा पनि कस्तो अन्याय हो यो चिफसा'ब ? हामीले पनि त कि दशैं कि तिहार त मान्न पाउनु पर्यो नि । अर्को पटककाे दशैंमा  त शान्त मिशनमा भईन्छ महान चाड परिवारमा बसेर मान्न पाईन्न नै ।

 

पाँचाखाल तालिम केन्द्रमा तोकिएको मिति भित्र हाजिर नहुनेहरुलाई व्याक गरेर अरुलाई खटाउन मिल्दैन श्रीमान ? त्यसमाथि यस पटक संगठनले शान्ति सेना छानेका मान्छेहरु नियम विपरीतको छानेको हल्ला पनि सकलदर्जामै छ । त्यसको छानबिन समेत गरि पाउँ  चिफसा'ब ।


  पहिले पहिलेका सेनाका केन्द्र पति प्रमुख र शान्ति सेना प्रमुखले  त यस्ता कार्यलाई कडाई गरेको सुनिन्थ्यो अहिले किन मनपरी भएको  चिफसा'ब ? यसरी सेनाका केही व्यक्तिहरुको कारण राम्रो तालिम नगरि शान्ति मिशनमा जाँदा युद्धको समयमा सबैको ज्यान जोखिममा पर्ने गरेको सुनेका हाैं । 

 

सेनाकाे तालिम केन्द्रमा तालिम गर्दा हामी खुशी छौं तर यहाँको खानपान र बासस्थान तथा तालिम गराउने गुरुहरुको व्यवहारमा सुधार गर्न सुझाव दिनु पर्ने भएको छ  चिफसा'ब।


  हामी त द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति कायम गर्न जान लागेको त्यस्तो वेला युद्ध नि हुन्छ, ज्यान हातमा राखेर डियुटी गर्नु पर्छ रे, मिशनमा त्यस्तोलाई त यहाँ सेनाकाे पाँचाखाल तालिम केन्द्रमा कमाण्डर र गुरूहरूले राम्रो व्यवहार गरे हुने नि ।       

                                                                                              
-नेपाली सेनाकाे भलो चिताउने, शान्ति सेनाका तालिमेहरु, पाँचखाल

प्रतिकृया दिनुहोस