• बिहीबार-जेठ-१-२०८२

दोलखाको विगुबाट चार किलो सुनसहित तीन जना पक्राउ

 

रामेछाप । दोलखा प्रहरीले सुन जस्तो देखिने चार किलो पहेँलो धातुसहित तीन जनालाई पक्राउ गरेको छ । 

 

बुधबार साँझ ७ः२० बजेतिर दोलखाको विगु गाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा लुकाइ राखेको सुन जस्तो देखिने अन्दाजी चार किलो पहेँलो धातु सहित चार जनालाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ ।

 

सो घरमा सुन लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटिएको प्रहरीले खान तलासी गर्दा सुन जस्तो देखिने पहेँलो धातु चार थान (चार केजी) बरामद गरेको प्रहरीले जनाएको छ । 

 

सो धातु ओसार पसारमा संलग्न शंकास्पद व्यक्ति विगु गाउँपालिका–३ का १८ वर्षीय पेम्बा तामाङ, २८ वर्षीय केशर तामाङ र  विगु– १ का २० को माधव मगरलाई  पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीले जानकारी दिएको छ । 

 

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डमा टोली खटिएर अनुसन्धान गरिरहेको छ । 

 

 

प्रतिकृया दिनुहोस