• आइतबार-बैशाख-२८-२०८२

मैले कसैसँग लाखाै हाेइन कुनै रकम लिएको छैन

 साँघुन्यूज अनलाइनमा गत २०८०/४/०६ गते न्यूजकारखानाबाट लिइएको हेमन्त केसीले लेखेको ‘वैतनिक वकिलको अवैध धन्दा, पीडितबाटै लाखौं रकम असुली’ नामक शीर्षकको समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै यस खबरप्रति घोर आपत्ति जनाउँदछु ।


उक्त समाचारमा उल्लेखित राजीमान सार्र्कीको काम समयमा नगरी मोटो रकमको मोल मोलाई गरी विपक्षीसँग मिली गालीगलौज गरेको, प्रतिवादी अंगत महतारा समेत भएको जवरजस्ती करणी मुद्दामा मुद्दा मिलाइ दिने सम्बन्धमा ७ लाख लिएको, उर्केन छोम्पेल गुरुङको मुद्दामा १८ लाख लिई मुद्दा हराएको, भिरु बुढाको जाहेरी लेखी प्रमाणित गर्न नमानेको पीडकलाई भेटी निजहरुसँग मोटो रकम माग गरी निजहरुकै पक्षमा बहस गर्न खोजेको भन्नेजस्ता आरोप लगाएर समाचारमार्फत मेरो चरित्रहत्या गर्न खोजिएको छ । यी सबै आरोप गलत र झुठा रहेको जानकारी गराउँदछु ।


केही स्थानीय व्यक्तिहरु मिलि घाईते हुने गरी कुटपिट गरेकाले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोल्पामा दर्ता हुनेगरी अभद्र व्यवहार सम्बन्धी एउटा जाहेरी दरखास्त लेखिदिन राजीमान सार्र्कीले अनुरोध गरेकाले मैले जिल्ला अदालतमा रहेको कम्प्युटरबाट लेख लेख्दा बिजुली आपूर्ति बन्द हुन गई उक्त कार्य सम्पन्न गर्न सकिएन ।

 

पछिल्लो विद्युत आपूर्ति भएका बखत जाहेरी दरखास्त लेखेर तयार पारी राजीमान सार्कीलाई तपाईंको काम भयो भनी वहाँलाई फोन गर्दा सम्पर्क नभै पछि वहाँकै नजिकको साथी जयन्द्र वि.क.मार्फत जानकारी गराएको हो । राजीमान सार्की आफ्नै घरायसी कार्यव्यस्थताका कारण जाहेरी दरखास्त दर्ता गर्न उपस्थित हुन नसकेको मात्र हो । वहाँसँग मैले मोटो रकम माग गरी गालीगलौज गर्ने विपक्षीसँग मिली काम नगरी फर्काएको छैन ।


महतारा समेतको तर्फबाट प्रतिरक्षा गर्न र मुद्दा अन्तिम नहुन्जेलसम्मका लागि कानून व्यवसायीको रुपमा बहस पैरवी गरी दिएकोसम्म हो । खबरमा प्रकाशित भएको रकम ७ लाख मुद्दा मिलाई दिने सर्तमा मेले उक्त रकम लिएको छैन ।
अर्कोतर्फ, उर्केन छोम्पेल गुरुङको तर्फबाट पनि निजको कानूनी प्रतिरक्षा गर्न कानून व्यवसायी नियुक्त भई सेवा गरेको हो । सो वापत निजसँग १८ लाख लिएको सम्बन्धमा प्रकाशित सूचना नितान्त झुट्टा, बनावटी र कपोलकल्पित मात्र हो ।


भिरु बुढाका श्रीमान् किस्मत शाहीले कान्छी श्रीमती विवाह गरी ल्याएकाले सो उपर बहुविवाह मुद्दाका लागी जाहेरी दरखास्त तयार गरिदिन भनेकोमा मलाई उक्त दिन उच्च रक्तचापका कारण टाउको दुःखी केही गर्न नसक्ने अवस्थामा कोठामा आराम गर्न गएकोमा आरामसम्म गर्न नदिई अस्वस्थ अवस्थामा रही निजको काम गरी पठाएको हो ।

 

तर, मोटो रकम लिई काम गरेको भन्ने प्रकाशित खबर नितान्त झुट्टा बनावटी मात्र हो । साथै रविन्द्र बहादुर शाहीलाई म चिन्दिन, वहाँले के कुन कारण र प्रयोजनको लागी रा.वा. बैंकको मेरो वचत हिसाब खातामा १५ हजार जम्मा गर्नु भएको हो, सो सम्बन्धमा निजलाई नै थाहा होला मलाई जानकारी भएन ।


 हेमन्त केसीले तथ्यहीन आधार प्रमाणको अभावमा मेरो विरुद्धमा समाचार प्रकाशन गरी मेरो व्यक्तिगत मानमर्दन गर्दै पेशामाथि आँच आउने काम भएको छ । म गलत नभएको र प्रमाणसहित मलाई गलत पुष्टि गर्न समेत चुनौती दिँदै उक्त समाचारको खण्डन गर्दछु ।


–अधिवक्ता घनश्याम उपाध्याय, बाँके बैजनाथ गाउँपालिका, वैतिनक वकिल डोल्पा जिल्ला अदालत, दुनै, डोल्पा, सम्पर्क ः ९८५८०२६७९८

 

प्रतिकृया दिनुहोस