वीरेन्द्रनगर, १४ असोज । वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले ३१ वर्षका मोटरसाईकल चालक अर्जुन पुनलाई नियन्त्रणमा लिएको जनाएको हो । गुर्भाकोट नगरपालिका-१४ का उनले प्रदेश ३ -००२ प ९२०२ नम्बरको मोटरसाइकल चलाएका थिए ।
मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका-६ खिड्कीज्यूला घर भएका ६ वर्षीय बालक टेकदर्शन गिरीको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस