• शुक्रबार-बैशाख-२६-२०८२

यू–१९ एसिया कप क्रिकेट : आज दुई खेल हुँदै

 

काठमाडौं । संयुक्त अरब इमिरियट्स (यूएई)मा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत शनिवार दुई खेल हुँदैछन् । 

 

आज समूह  ‘बी’ अन्तर्गत पहिलो खेलमा यूएईले बंगलादेशको सामना गर्नेछ । दोस्रो खेलमा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे सुरु हुँदैछन् ।

 

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले एक एक खेल खेलिसकेका छन् । शुक्रबार भएको खेलमा पाकिस्तान र भारतले विजयी सुरुवात गरेका हुन् । 
पाकिस्तानले नेपालमाथि र भारतले अफगानस्थानमाथि सात–सात विकेटको जित निकालेका हुन् ।

 

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार खाएको नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ ।
 

 

 

प्रतिकृया दिनुहोस