• सोमबार-बैशाख-१७-२०८१

विज्ञापन/भर्ना नखुलाउने जर्साब ? कि खरिदारबाटै सैनिक महाविद्यालय चलाइरहने ?

श्रीमान् सम्पादकज्यू, साँघु न्यूज डटकम,   नेपाली सेना अन्तर्गत सैनिक कल्याणकारी निर्देशनालयद्वारा संचालित यस सैनिक आवासीय महाविद्यालय, सुर्खेतमा भएका बेथिति पटक-पटक उजागर हुँदा पनि खरिदारकाे रजाइँमा कुनै कमी नआएको यस जनप्रिय एवं लोकप्रिय पत्रिका साँघु साप्ताहिक मार्फत केवल चिफ सा'ब मात्र नभएर सम्पूर्ण देशभक्त सिपाहीहरु तथा आम नागरिकहरुलाई पुनः सुसूचित गराउन चाहन्छौं ।


यस सैनिक आवासीय महाविद्यालयमा मै हुँ भन्ने सम्पर्क अधिकृत तथा यस महाविद्यालय सञ्चालक समितिका अध्यक्ष (पृतनापतिहरु) धेरै अदली–बदली भए । तर, कसैले पनि यस महाविद्यालयका खरिदार ओम घर्ती मगरको हालीमुहालीमा कुनै पनि परिवर्तन ल्याउन सकेनन् ।

 

महाविद्यालयमा चौतर्फी लाभ लिनेमा घर्ती नै रहेका छन् चाहे त्यो भर्ना परीक्षामा आफू र आफन्त कर्मचारी नियुक्ति हुने कार्य होस्, आसेपासे बढुवा गराउने होस् या विद्यार्थी भर्ना गरिदिए बापतको शुभ लाभ  गर्न हाेस् ।
 
ओम घर्ती मगर राजनैतिक शक्तिको आडमा कोही २–२ पटक बढुवा हुन पाउने कोही चाहिं १ पटक पनि बढुवा हुन नपाउने यो कस्तो न्याय हो कल्याणकारी प्रमुख तथा चिफ सा'ब  ? उनी यति चतुर छन् कि अरु सामू जस्ता–तस्ता जर्साबलाई सुताई दिन्छु भनी फूर्ति लाउछन् अनि आफू विरुद्व केही कुरा बाहिर सार्वजनिक भए, मगरको छोरोले कहाँ त्यस्तो गर्न सक्छ हजुर भनी भावनात्मक ब्लाकमेल गर्नमा माहिर रहेका छन् ।


सैनिक आवासीय महाविद्यालय, सुर्खेतमा हावी रहेका निज घर्ती मगरले निजकी श्रीमती हीरा पुनलाई आया पदबाट खरिदार बनाउँदा सो खरिदार पदमा आउने सम्पूर्ण दरखास्त रोक्न माथिकाे आदेश छ भन्दै आवेदकहरुलाई फिर्ता पठाएको घटना कसैबाट लुकेकाे छैन । निज ओम घर्ती मगरको अबको दाउँपेच भनेको नै आफू श्रीमान-श्रीमती फेरि अधिकृत पदमा आसिन हुनु रहेको स्पष्ट हुन्छ ।


त्यसैले खरिदारभन्दा माथिका प्रशासनिक पदमा विज्ञापन गर्न तथा भर्ना हुनै नदिनुमा खरिदार ओम घर्तीकै कूटनीति रहेको स्पष्ट हुन्छ । आफू अनुकूल वातावरण सिर्जना नहुन्जेलसम्म सुब्बा तथा सहायक प्रशासकको नयाँ विज्ञापन/भर्ना खुलाउन नै आवश्यक नरहेको विवरण कल्याणकारी प्रेशित गर्ने गरेकाे हामीले थाहा पाएका छाैं ।

 

जबसम्म यस महाविद्यालयमा निज खरिदार घर्ती मगरभन्दा माथिका प्रशासनिक पदमा अरु कर्मचारी बहाली हुँदैनन् तबसम्म निज ओम घर्ती मगरको यस महाविद्यालयमा अनेक हथकण्ड चलिरहने स्पष्ट छ । जर्साब, कर्सावहरूलाई चेतना भया ।


-सैनिक अधिकृत तथा अन्य दर्जा, नेपाली सेना, सुर्खेत

 

प्रतिकृया दिनुहोस