• शनिबार-बैशाख-१५-२०८१

सुस्त मनस्थिति भएकी किशोरीमाथि करणी गर्ने युवकविरुद्ध मुद्दा दर्ता

 

रौतहट, १५ चैत । बारामा सुस्त मनस्थिति भएकी बालिकालाई ललाइफका[ अनैतिक कार्य गर्ने एक युवकमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

 

बाराको कोल्हवी नगरपालिका-८ नयाबस्तिका ३० वर्षीय प्रकाश कार्कीमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको बारा प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए । मुद्दा दर्तासँगै जिल्ला अदालत बाराबाट म्याद थमाएर कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता डीएसपी न्यौपानेले जानकारी दिए ।

 

अहिले आरोपी जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । अनुसन्धानपछि घटनाको पूर्ण विवरण आउने प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले जानकारी दिए ।

 

बारा कोल्हवी नगरपालिका-८ काँटगाऊँका समबहादुर तामाङको सुस्तमनस्थितिकी छोरी रमिता तामाङलाई आफ्नै घरबाट यही चैत ८ गते ८ बजे राति अपहरण गरी दुई दिनसम्म दुर्व्यवहारसमेत गरेको मौखिक उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोलहबिले ४ दिनअघि आरोपी कार्कीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाएको थियो ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षणसमेत भइसकेको प्रहरीले जनाएको छ। बालिकालाई सुरुमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो । महिला सेल प्रमुख इन्स्पेक्टर बिमला कुमारी कठायतले प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीको लागि जिल्ला प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ ।

 

उक्त घटनामा इलाका प्रहरी कार्यालय कोलबिका प्रमुख इन्स्पेक्टर भोलामान सिंह अधिकारीको सक्रियताले आरोपी उम्किन नसकेको स्थानीयहरूले बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस