• शनिबार-बैशाख-१५-२०८१

विराट गोल्डकप : भुटान आरटीएफसीको विजयी सुरुवात

 

विराटनगर । विराट गोल्ड कपको उद्घाटन खेलमा भुटानको आरटीएफसी टीम  विजयी भएको छ ।

 

विराटनगरको शहीद रङ्शालामा बिहीबारदेखि सुभ एको रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेर विजयी शुरुवात गरेको हो । आरटीएफसीको जितमा किन्ले ग्यालसेन, सिद्धार्थ गुरुङ र किन्जाङ तेन्जिङले एक-एक गोल गरेका थिए । 

 

प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाईज, विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, एपीएफ क्लब, एनआरटी, मच्छिन्द्र क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन् । यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटीसी फुटबल क्लब खेल्दै छन् ।

 

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । आज त्रिभुवन आर्मी क्लब र एनआरटीबीचको खेल साँझ ५: ४५ बजेदेखि सुरु हुने छ ।

 

 

प्रतिकृया दिनुहोस