• सोमबार-बैशाख-१७-२०८१

बिगत ४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला

 

चितवन, १६ चैत । चार दिन देखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला परेको छ । गत सोमबारदेखि हराइएका १२ वर्षीय बालकको शव चार दिन पछि नारायणी नदीमा फेला परेको हो ।

 

भरतपुर महानगरपालिका–११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ आइतबारदेखि हराएको थिए, उनी हराए पछि परिवारले प्रहरीमा खबर गरे पनि तीन दिनसम्म फेला परेका थिएनन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार बिगत ४ दिन देखि हराइरहेका बालकको शव बिहीबार  भरतपुर महानगरपालिका –१६, ज्ञानेश्वर सामुदायिक वन पछाडि नारायणी नदीको किनारमा फेला परेको हो ।


बालकको आफन्त समेतको उपस्थितिमा शवको सनाखत भएको हो । सो बारेमा थप अनुसन्धान भइरहेको छ । 

 

 

प्रतिकृया दिनुहोस