• सोमबार-बैशाख-१७-२०८१

रेफ्रीलाई नै मुक्का ताकेपछि रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लगाइयो

 

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लगाएको हो ।

 

सो खेलमा रोनाल्डोले अल हिलालका खेलाडीलाई धक्का दिएर लडाएपछि रातो कार्ड पाएका थिए । साथै रेफ्रीले रातो कार्ड दिएपछि रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

 

दुई खेलको प्रतिबन्धपछि रोनाल्डोले अल नासरका अप्रिल १९ मा अल फेइहा र अप्रिल २७ को अल खालेजविरुद्धको महत्वपूर्ण खेल गुमाउने भएका छन् ।

 

रोनाल्डोको यस सिजनमा उत्कृष्ट प्रदर्शन रहेपनि अल नासर भने ट्रफी विहीन बन्ने भएको छ । साउदी लिगमा अल हिलालसँग १२ अंकले पछाडि रहेको अल नासर एसियन च्याम्पियन्स लिगमा पनि बाहिरिएको छ ।

 

रोनाल्डो अब अल नासरका लागि मे १ मा अल खालीजविरुद्ध किंग कपको सेमिफाइनलमा खेल्ने छन् ।
   

 

प्रतिकृया दिनुहोस