• मंगलबार-बैशाख-१८-२०८१

नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव-दयाहाङ राईद्वारा लोगो सार्वजनिक

वैशाख ४, काठमाडौं ।  ‘बालबालिकाका लागि चलचित्र’ अभियानका साथ स्थापना भएको एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) पहिलो ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय बालदिवस नोभेम्बर २० को अवसर पारेर काठमाडौंमा आउँदो २०८१ मंसिर ५ गतेदेखि महोत्सव गर्ने भएको हो ।

‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने आशयका साथ कलाकारहरु दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव घोषणा गरिएको हो । ८ वर्षीय कलाकार प्रसन राई नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को मुख्य कलाकारहरुमध्ये एक हुन् ।  

 

३ देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षक लक्षित १० दिने पहिलो नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल–चलचित्र प्रदर्शन हुनेछन् । साथै १८ वर्षभन्दा मुनिका बालबालिका योङ्ग फिल्म मेकरको फिल्म प्रतियोगिता तथा कार्यशाला पनि महोत्सवमा हुनेछ ।

 

बाल–चलचित्रबारे तथा यसले बालबालिका र समाजमा पार्ने प्रभावबारे सरोकारवालाहरुसँग छलफल÷अन्तक्र्रिया कार्यक्रमहरु समेत महोत्सवमा निर्णायक (जुरी)को रुपमा बालबालिका समावेश तथा सहभागिता पनि हुनेछ ।

 

चलचित्र बालबालिकालाई संस्कृति, समाज, शिक्षासँग जोड्न सक्ने विभिन्न कला मिश्रित माध्यम भएको उल्लेख गर्दै महोत्सवले कल्पना गर्न, अवधारणा बनाउन, विश्लेषण गर्न, रचनात्मक सोचको विकास गर्न, विभिन्न सामाजिक, साँस्कृतिक, राजनीतिक मूल्यहरु बुझाउन महोत्सवले ,उल्लेखनीय भूमिका खेल्नेछ ।

 

आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)को ‘बालबालिकाका लागि चलचित्र’को वातावरण सिर्जना गर्ने लक्ष्यसहित वि.सं.२०६९ (सन् २०१३)मा स्थापना भएको हो । जसमा चलचित्रकला मार्फत बालबालिकाको वैयक्तिक र व्यक्तित्व विकासमा सघाउने तथा चलचित्रमा बालबालिकाको विभिन्न सहभागितामार्फत् नेपाली चलचित्रको भविष्य पनि बलियो बनाउने उद्धेश्य राखिएको छ ।

 

एसिएफ नेपालले यस महोत्सवसँगै ‘स्कुल टु स्कुल फिल्म फेस्टिभल’ आयोजना गर्ने जनाएको तछ । त्यस्तै बालचलचित्र सम्बन्धि नेपालको पहिलो संस्था एसिएफ नेपालले स्कुलहरुमा नियमित बाल–चलचित्र प्रदर्शनी तथा छलफल कार्यक्रम, योङ्ग फिल्म मेकिङ वर्कसप, स्कुलमा सिनेमा क्ल्ब सञ्चालन, गर्ने गर्दछ । साथै शिक्षामा चलचित्रको महत्व सम्बन्धमा अभिभावक, शिक्षक तथा सरोकारवालासँग छलफल, अन्तर्क्रिया पनि अघि बढाउने एसिएफको योजना छ ।

 

प्रतिकृया दिनुहोस