• मंगलबार-बैशाख-१८-२०८१

मधेश प्रदेशको मन्त्रीपरिषद् पुनर्गठन (विज्ञप्तिसहित)

 

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।

 

लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छोडेपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेका हुन् ।

 

लोसपाबाट वन तथा वातावरण मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिए पछि उनले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफैसँग राखेका छन् ।
 


 

 

प्रतिकृया दिनुहोस