• मंगलबार-बैशाख-१८-२०८१

आईपीएलमा आज गुजरात र दिल्ली भिड्दै

 

काठमाडौं, ५ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ ।

 

जारी आईपीएलमा गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ६ खेलमा ३ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यसैगरी दिल्ली क्यापिटल्सले भने अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ ।

 

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।    

 

त्यसैगरी दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आईपीएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आईपीएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

 

त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो । 

 

प्रतिकृया दिनुहोस