• मंगलबार-बैशाख-१८-२०८१

गायिका एलिना चौहानको आज विवाह हुँदै

 

काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज विवाह हुँदैछ ।

हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन ।


परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ।


२०८१ वैशाख ४ गते मंगलबार उनले मेहन्दी समारोह गरेको तस्बिर तथा भिडियो सार्बजनिक भइसकेको छ भने बागलुङबाट जन्तीसहित बिष्णु वैशाख ४ गते  मंगलबार नै झापा पुगिसकेका छन् ।

 

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । तर, यसबिचमा उनीहरूको ब्रेकअप भएको हल्ला पनि चलेको थियो । सो हल्लालाई चिर्दै एलिना–बिष्णु  विवाह बन्धनमा बाँधिन लागेका हुन ।

प्रतिकृया दिनुहोस