• मंगलबार-बैशाख-१८-२०८१

गोरखामा निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित


गोरखा, ५ वैशाख । जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

 

शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

 

पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताउनुुभयो । शिविरमा  नौ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
–––

 

 

प्रतिकृया दिनुहोस