• बुधबार-बैशाख-१९-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : गुजरातमाथि दिल्ली क्यापिटल्सको सानदार जित

 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजति गरेको हो ।

 

गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि गुजरातले १७.३ ओभरमा अल आउट हुँदै केवल ८९ रन बनाएको थियो । यो यस सिजनको आईपीएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो ।

 

यो जितपछि दिल्ली अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक रहेको छ । त्यसैगरी गुजरातको पनि ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक नै छ र अंक तालिकामा सातौं स्थानमा रहेको छन् ।

 

 

प्रतिकृया दिनुहोस