• बुधबार-बैशाख-१९-२०८१

सशस्त्र प्रहरीद्वारा प्याज सहितको ट्रक र ३२ थान मोवाईल नियन्त्रण

      धनुषा। सशस्त्र प्रहरी बल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ । २०८१ बैशाख ४ राती जिल्लाको शहीदनगर नगरपालिका-२ तीनकोरिया वीरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बलले जानकारी दिएकाे छ  ।


   सशस्त्र प्रहरी बल नेपालका अनुसार, शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिइएको हो । यसैगरी बिओपी फूलगामाले २०८१ बैशाख ५ गते दिउँसो   धनुषा जिल्लाको मुसहरनिया गाउँपालिका-६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोवाईल समेत बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस