• बुधबार-बैशाख-१९-२०८१

बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता

काठमाडौं । बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ ।


जिल्ला प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब डेढ बजेको समयमा ४३ वर्षीय मनोहर पवँरको पैसा राखेको झोला हराएको थियो ।


पोखरा–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा काम गर्ने पवँर बिहीबार नयाँ बजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदै थिए । पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’ बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन् । हराएपछि मात्रै थाहा पाए ।


घटनालगत्तै उनले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा उक्त झोला भारत घर भई पोखरा–३ पालिखे चोकमा बस्ने ६५ वर्षीय छोटुलाल शर्माले भेटेको पत्ता लाग्यो ।  


पैसाको झोला फेला पारेका शर्माकै रोहवरमा सुनारलाई उक्त रकम बिहीबारै फिर्ता गरिएको प्रहरीले जनाएको छ ।  

 

 

प्रतिकृया दिनुहोस