आफ्नो मातृभूमिले चीनजस्तै ठूलो विकास प्राप्त गर्नसक्ने इजिप्टकी युवतीको आशा
चीनको प्रभाव निरन्तर रुपमा विस्तार हुनुका साथै अझै धेरै विदेशीहरूले चिनियाँ सँस्कृतिलाई माया गरेका छन्। इजिप्टबाट आएकी यी युवतीको चिनियाँ नाम छ। उनको चिनियाँ नाम सुङ युयान हो।
उनलाई गीत खास गरी चिनियाँ गीत गाउन मन पर्छ। चिनियाँ सङ्गीत मन पराएको हुनाले उनले आफ्नो जन्मथलो इजिप्टको इस्माइलियाबाट चीनको वसन्त चाड गालातर्फ लम्केकी छिन्। उनले गीतमार्फत उनी र चीनबीचको भावना प्रकट गरेकी छिन्।
पैचिङ भाषा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी सुङ युयान भन्छिन् “मेरो नाम सान्द्रा जाकारिया हो। मेरो चिनियाँ नाम सुङ युयान हो। म इजिप्टबाट आएकी हुँ। म २४ वर्षकी भएँ।”
सुङ युयानका बुबाले हाल चीन विकसित भएको र चिनियाँ भाषा सिक्नु महत्वपूर्ण भएको कुरा सुनाउनुभयो। १८ वर्षको उमेरमा उनले स्वेज नहर विश्वविद्यालयबाट चिनियाँ भाषा सिक्न थालेकी थिइन्।
उनी भन्छिन् “चिनियाँ सिक्दा शुरू शुरूमा मलाई लाज लाग्थ्यो। मलाई गीत गाउन मन पर्छ। मेरा चिनियाँ गुरूले मलाई संगीत मन परेको कुरा थाहा पाउनुभयो। त्यसैले उहाँले मसँग गायन प्रतियोगितामा सहभागी हुन प्रोत्साहन गर्नुभयो।”
सुङ युयान उक्त गायन प्रतियोगितामा सहभागी भइन्। उनले च्याम्पियनसीप जितिन्। उनले चिनियाँ भाषाको गीत गाएपछि आत्मविश्वस्त बढेको महसुस गरिन्। त्यस कालदेखि नै उनले चिनियाँ भाषा सिक्न थालिन्। उनी भन्छिन् “विश्वविद्यालयबाट स्नातक हुँदा मेरो विचारमा इजिप्टमा चिनियाँ भाषा सिकेको चार वर्ष त्यति पर्याप्त थिएन।
त्यसैले मैले अध्ययन गर्न चीन जाने आशा लिएँ। हाल म पैचिङ भाषा विश्वविद्यालयअन्तर्गत चिनियाँ भाषाको प्रयोग प्रतिष्ठानमा स्नातकको अध्ययन गर्दैछु।”
सुङ युयानकाअनुसार, चिनियाँ भाषा सिकेको र चिनियाँ गीत गाएको कारण उनले अझै ठूलो मञ्चमा उभिने मौका पाइन्। उनले चीन र इजिप्टको सँस्कृतिमा समानता देखिन्।
चीन आउनुअघि सुङ युयानले चिनियाँ भाषाको सिकाई पूरा भएपछि इजिप्ट फर्कने योजना बनाएकी थिइन्।
चीन आएपछि उनको विचारमा परिवर्तन भयो। उनले अझै लामो समयसम्म चीनमा बस्ने आशा लिएकी छिन्। उनी भन्छिन् “मैले नयाँ ठाउँ जाने योजना बनाएँ। मैले हरेक साता चीनको एक शहर जाने योजना बनाएकी छु।”
सुङ युयानले आफ्नो मातृभूमिले चीनजस्तै ठूलो विकास प्राप्त गर्नसक्ने आशा लिएकी छिन्। “बेल्ट एण्ड रोड”को साझा निर्माण प्रस्तावमा चीन र इजिप्टको सहयोग निरन्तर रुपमा गहिरो हुनुका साथै उनको जन्मथलो पनि सुन्दर बन्दैछ।
CRI Nepali Service

प्रतिकृया दिनुहोस