• बिहीबार-बैशाख-२०-२०८१

क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना

 

काठमाडौँ । आईपीएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ ।

 

गएराति सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्ड्यालाई १२ लाख जरीवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।

 

कप्तान पाण्ड्याले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पूरा गर्न सकेका थिएनन् । अब हार्दिकले फेरी यो गल्ति दोहोराएमा उनलाई यस भन्दा ठूलो जरीवाना हुने बोर्डले जनाएको छ ।

 

यस सीजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस