• बिहीबार-बैशाख-२०-२०८१

सेमिफाइनलमा यूएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

 

काठमाडौँ । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । 

 

आज पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दै छन् । यस खेलमा यूएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिस जिसीको ठाउमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् ।   

 

नेपाल र यूएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र यूएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने यूएईले ४ खेल जितेको छ । 

 

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल आजै अपराह्न ४: १५ बजेदेखि सुरु हुने छ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् । 

 

 

प्रतिकृया दिनुहोस