• बिहीबार-बैशाख-२०-२०८१

माधव नेपाललाई प्रधानमन्त्री दिन कांग्रेस तयार, प्रचण्डले अब के गर्लान् ?

 काठमाडाैं । पछिल्ला केही  दिनयता माधव नेपाल प्रधानमन्त्री हुने भन्दै चर्चा सुरु भएको छ । एकीकृत समाजवादीका नेताहरुले  वागमती प्रदेश,  लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि गरेका अनेकन प्रपञ्चले वाम गठबन्धनमा गडबड गर्न खोजेको देखिन्छ । केन्द्रको सरकारको ढाल्न प्रदेशबाट नै सुरु गर्ने भनेर एकीकृत समाजवादीलाई विपक्षी गठबन्धनले प्रयोग गरेको चर्चा हुन  थालेको हो ।

 

माओवादीलाई साथ  नलिँदा प्रदेशमा सरकार  बनाउन समस्या हुने भएकोले कांग्रेस अहिले प्रचण्डलाई साथ लिन नै खोजिहरेको स्रोतको दावी छ । उक्त स्रोतको दावी अनुसार प्रदेशका सरकार विस्तार हुन नसक्नु गठनमा समस्या आउनुको कारण नै वाम गठबन्धन भत्किने संकेतसँग जोडिएको छ ।


 कांग्रेसको उक्साहटमा एसले ती प्रदेशमा सरकार निर्माणमा बखेडा निकाल्न थालेको बताइएको छ । त्यसैले, अहिले  प्रचण्डको विकल्पमा माधव नेपाल अगाडि आउन खोजेका छन् । एमालेलाई सरकारबाट बाहिर राख्ने रणनीति अनुसार उक्त प्रयास भएको देखिन्छ ।

 

राजनीतिक वृत्तमा चलेको चर्चा अनुसार एमाले र माओवादी दुवैलाई बाहिर राख्ने वा राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेलाई बाहिर राख्ने भन्नेमा दु्ईवटा आमनेसामने रुपमा चर्चा भइरहेको छ ।


  कांग्रेसको एउटा पंक्ति भने एमाले र रास्वपालाई सत्ता बाहिर राख्ने र प्रचण्डलाई साथ लिन खोजेको छ । प्रचण्डलाई फेरि गठबन्धन भत्काउन लगाएर उनलाई थप बद्नाम गर्ने र माधव नेपाललाई अहिल्यै प्रधानमन्त्री बनाउने खेल भइरहेको छ । कांग्रेसभित्र यो मत निकै बलियो रहेको कांग्रेस स्रोतको दावी छ ।

 

स्रोतका अनुसार, सकेसम्म  बजेट अगाडि नै गठबन्धन भत्काएर  नयाँ बनाउने चलखेल  भएको छ । तर,  त्यसका लागि  प्रचण्डले कस्तो खालको भूमिका खेल्छन् भन्ने चाहिँ प्रष्ट भएको छैन । फेरि गठबन्धन फेर्दा प्रचण्ड थप बद्नाम हुने भएकोले अब प्रचण्डले लिने निर्णय निकै महत्वपूर्ण भएको छ ।


  एमालेलाई अहिले पनि दबाबमा राख्न भने कांग्रेस र एसले प्रयास गरिरहेका छन् । एसभित्र पनि एमालेसँग मिल्न नहुने तर्क बलियो छ । माधव नेपाल एमालेसँग मिल्न नहुने लाइनमा रहिरहेका बेलामा झलनाथ खनालले पनि सरकार ढाल्ने भन्दै नेता कार्यकर्तामा सन्देश  दिइरहेका छन् । खनालको उक्त सन्देश आएको भन्दै एसका एक नेताले एसभित्र पनि के खिचडी पाकेको छ भन्ने आफूले थाहा नपाएको बताए ।


  त्यसैले, माओवादीलाई साथ  नलिँदा प्रदेशमा सरकार  बनाउन समस्या हुने भएकोले कांग्रेस अहिले प्रचण्डलाई साथ लिन नै खोजिहरेको स्रोतको दावी छ । उक्त स्रोतको दावी अनुसार प्रदेशका सरकार विस्तार हुन नसक्नु गठनमा समस्या आउनुको कारण नै वाम गठबन्धन भत्किने संकेतसँग जोडिएको छ ।

 

प्रतिकृया दिनुहोस