• शुक्रबार-बैशाख-२१-२०८१

कूटनीतिज्ञ थापा र शाहलाई  वसुन्धराश्री  मानश्री पुरस्कार 


काठमाडौं । यस वर्षको वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा भेषबहादुर थापा र विन्दाश्वेरी शाहलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि नगद रु ७५ हजार र सम्मानपत्र रहेको छ ।


वसुन्धरा मान प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको विशेष बैठकले यो निर्णय गरेको हो । कूटनीतिज्ञ डा थापा भारत र संयुक्त राज्य अमेरिकाका लागि पूर्वराजदूत एवं पूर्वपरराष्ट्रमन्त्री हुन् ।  


यसैगरी, कूटनीतिज्ञ शाहले पहिलो नेपाली कूटनीतिज्ञ र पहिलो महिला राजदूतका रुपमा विशिष्ट परिचय कायम गरेकोमा उनको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस