• शुक्रबार-बैशाख-२१-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : चेन्नईमाथि लखनउको सहज जित 


काठमाडौं र इन्डियन प्रिमियर लिग (आईपीएल)मा कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

 


शुक्रबार राति सम्पन्न खेलमा लखनउले चेन्नईलाई ८ विकेटले पराजित गरेको हो। चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले अन्तिम ओभरअघि नै २ विकेट गुमाएर १८० रन बनायो ।  

 

लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। राहुल र डि ककबीच पहिलो विकेटका लागि १३४ रनको विशाल साझेदारी भएको थियो।निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे । चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १÷१ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । चेन्नईका लागि धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले । अन्तिम ओभरमा मात्रै धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए ।

 

अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजा ५७ रनमा अविजित रहे । लखनउका कृणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए । मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १÷१ विकेट रह्यो । जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ । लखनउले ७ खेलबाट ८ अंक जोडेको छ । समान खेल र अंक रहेको चेन्नई तेस्रो स्थानमा रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस