• शुक्रबार-बैशाख-२१-२०८१

'पुष्पा : २' ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने

 

मुम्बई, ८ बैशाख । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ ।


अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ कमाउने खबर छ । कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा २’ को हिन्दी डब गरिएको थिएटर राइट्स २ सय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स १०० करोडमा बिक्री भएको छ ।

 

त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । र, स्याटेलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ । यी सबैलाई एकसाथ लिने हो भने ‘पुष्पा २’ को रिलिज अघिको व्यापार १००० करोड रुपैयाँ पुगेको छ ।

 

 

प्रतिकृया दिनुहोस