• शुक्रबार-बैशाख-२१-२०८१

धनुषा प्रहरीद्वारा बाह्र लाख बैसठ्ठी हजारकाे भन्सार चाेरी, तस्करीकाे सामान बरामद

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार चाेरी, तस्करी गरेर ल्याएकाे रु.१२,६२,९९०।-(बाह्र लाख बैसठ्ठी हजार नाै सय नब्बे रुपैया) बरावरको अबैध भन्सार छलीको सर-सामानहरु बरामद गरेकाे जानकारी दिएकाे छ ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट परिचालन भएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा विभिन्न मिति र समयमा  अबैध भन्सार छलीको सर-सामानहरु बरामद गरेकाे हाे ।

 

धनुषा जिल्ला अन्तर्गत बोर्डर हुँदै भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याउदै गरेको  जम्मा मूल्य रु. १२,६२,९९०।- (बाह्र लाख बासठी हजार नौ सय नब्बे रुपैया रुपैया ) बराबरको प्रहरीले बरामद गरेकाे हाे ।


 बरामद अवैध सरसामानहरू २०८१ वैशाख ०७ गते आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको धनुषा प्रहरीले जानकारी दिएकाे छ ।  ।

प्रतिकृया दिनुहोस