• शनिबार-बैशाख-२२-२०८१

पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

 

वीरगंज, ८ बैशाख ।  पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ ।

 

भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।

 

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केही घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो । आगलागीबाट भएको क्षतिबारे विवरण आउन बाँकी रहेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ ।

 

अहिले प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस