• शनिबार-बैशाख-२२-२०८१

दस सिटे माधव अस्थिरताका नायक ! : न वाम गठबन्धनतिर न नयाँ समीकरणतिर

 

काठमाडौं । माधव नेपाल यतिबेला दोहोरो बार्गेनिङमा रहेका छन् । प्रदेशमा केही सांसद भएकै आधारमा केन्द्रदेखि प्रदेश सरकार गठनसम्म राजनीतिक सौदाबाजीको राजनीतिमा लागेका दस सिटे माधव नेपाल अस्थिरताको कारक पनि देखिन थालेका छन् । सरकार गठन  र विघटनमा उनलाई प्रयोग गर्न विभिन्न वाह्य र आन्तरिक शक्ति केन्द्रहरु लागेकै कारण उनी त्यसको टुल्सको रुपमा प्रयोग भइरहेको एकीकृत समाजवादीको गतिविधिले पुष्टि गरेको छ । 


हरेक प्रदेशमा सरकार गठनमा अर्घेल्याई गरिरहेका माधव नेपाल स्वार्थगत रुपमा राजनीतिक लाभ मिलेको खण्डमा काठमाडौंको केन्द्रीय गठबन्धन पनि भत्काउने खेलमा लागेका छन् ।  माधव  नेपालले बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम  प्रदेशको सरकार गठबन्धनमा असहज वातावरण सिर्जना गरेर सबैभन्दा धेरै समस्या बनाएका थिए । माधव  नेपालको लागि त्यहाँ शक्ति देखाएर ती सरकार धरापमा परेको सन्देश दिँदा काठमाडौंमा बार्गेनिङ गर्न सजिलो हुने बुुझाइमा देखिएका थिए । 


 कोशी प्रदेश सरकारको गठन र विघटनमा पनि माधव नेपालको दोहोरो भूमिका रहेको छ । सत्ता गठबन्धनको सट्टा कांग्रेसलाई साथ  दिन खोजिरहेका छन् । सुदूरपश्चिममा त कांग्रेसमा गइसकेका माधव नेपाल अन्तिम समयमा रोकिएका थिए । कांग्रेससँग नयाँ सत्ताको समीकरण र सौदाबाजीमा रहेका माधव नेपालले अहिले अबको बाँकी संसदको कार्यकालको आधा समय प्रधानमन्त्री पाउन बार्गेनिङ गरिरहेको कांग्रेसका सांसदहरु बताउछन् ।

 

कांग्रेस पनि माधवलाई अहिल्यै एक वर्ष प्रधानमन्त्री बनाउन भने राजी रहेको छ । अहिलेको गठबन्धन भत्काउन कांग्रेस माधव नेपाललाई तत्कालै प्रधानमन्त्री बनाएर रणनीतिक चालबाजीमा अगाडि  बढ्न खोजेको छ । अनि, वामपन्थीहरु नजिक आएको देख्न नचाहने वाह्य र आन्तरिक शक्तिकेन्द्र पनि माधव नेपाललाई अहिलेको वाम गठबन्धनबाट निकाल्न  खोजिरहेका छन् ।  ती सबै शक्तिकेन्द्र र कांग्रेसी चालबाजीमा माधव नेपाल गठबन्धन भत्काउन भन्दा पनि अहिले चाहिं अस्थिरताको नायक बन्दै छन् । सरकार बनेको ३ महिना नपुग्दै माधव नेपालले अर्को नयाँ समीकरणका लागि खेलोफ्डको गर्दा मन्त्रीहरुले काम गर्न नसक्ने र सरकारप्रति जनताको विश्वासमा टु्ट्दै जान्छ । माधव नेपाल त्यही काम गरिरहेका छन् । 


 वामपन्थी दलहरुसँग एकता गर्ने पक्षमा नरहेका माधव नेपाल कांग्रेससँग घाँटी जोडेर  किन हिड्न खोज्दैछन् भन्ने चाहिँ रहस्यको विषय  बनेको छ । निरन्तर घट्दो उनको पार्टीको आकार र गुम्दै गएको आधारले आत्तिएका माधव नेपाल २०८४ सालसम्म यसरी नै बार्गेनिङ  गरेर बस्ने अवस्थामा देखिन्छन् । उनीनिकटहरु पनि सत्ता जता पाइन्छ त्यतै जाने हो अहिलेसम्म कम्तीमा वार्गेनिङ गर्ने संख्या त रहेको छ ? भन्ने गरेका छन् । नेपालको निकटमा रहेका  नेताहरु सार्वजनिक रुपमा नै यो सरकार त ढाल्ने हो भन्दै हिड्ने गरेका कारणले पनि प्रचण्ड नेतृत्वको वामगठबन्धनमा समस्या भने देखिएको छ । 


नेकपा विभाजनको पनि मूल कारक रहेका माधव नेपाल अहिले फेरि सहकार्यमा रहेका वामपन्थीको सम्बन्ध भड्काउने र गठबन्धन तोड्ने खेलमा रहेका छन् । त्यसले पनि माधव नेपालको भूमिका र उनको रवैयामाथि प्रश्न गर्ने ठाउँ रहेको छ । त्यसैले अहिले नेपालको राजनीतिमा माधव नेपाल अस्थिरता र अराजक राजनीतिक शैलीको पृष्ठपोषक बन्न खोजेको देखिन थालेको भन्दै टिप्पणी हुन थालेको छ । त्यसले समग्र वामआन्दोलनलाई पनि क्षति पु¥याउने भन्दै उनकै पार्टीमा आलोचना हुन थालेको छ ।

 

माधव कांग्रेससँग मिलेर जाने खेलोफड्कोमा लागेपछि केही  नेता कार्यकर्ता भने टाढिँदै जान थालेका छन् । वामपन्थीहरु मिल्नुपर्नेमा भड्काउँदै हिड्दा त्यसले समग्रमा क्षति पुु¥याउने भन्दै चर्को आवाज पनि उठ्न थालेका एसका नेताहरु बताउँछन् । त्यहीकारण उनी कांग्रेससँग जाँदा उनको पार्टी  नै फुट्ने संभावना पनि रहेको बताइन्छ । अधिकांश सांसदहरु नेपालको भूमिकाप्रति ‘नाखुस’ रहेका छन् । त्यसले गर्दा पनि एसमा थप समस्या आउने अनुमान भइरहेको छ । 


अहिले वामपन्थी सरकारको निरन्तरता वा विघटन भन्नेमा एसभित्र समानान्तर शक्ति  देखिन्छ । झलनाथ खनाल वामपन्थी सरकारको पक्षमा रहेका छन् ।  त्यहीकारण उनले  सुदूरपश्चिमको सरकार जोगाएको चर्चा पनि एसभित्र हुन थालेको छ । माधव नेपालले गठगठबन्धन बैठकमा अडान नराख्ने बाहिर  आएर  प्रचण्ड ओलीले मुख्यमन्त्री र मन्त्री दिएन भन्ने गरेको भन्दै  दोहोरो चरित्र  देखाएर माधव  नेपालले  कांग्रेससँग मिल्ने बाटो खोजेको टिप्पणी भइहरेको छ ।

 

दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने कुरामा नेपालले अडान नराखे भन्दै एसभित्र नेपालको आलोचना भइरहेको छ । तर, प्रचण्डसँग खनालले  डिल  गरेपछि सोडारी मुख्यमन्त्री हुन पाएका थिए । अनि, वागमती प्रदेश र लुम्बिनी प्रदेशमा पनि सरकारमा मन्त्रीहरु थपिएका थिए । त्यसैले, अहिले  एसभित्र दुईवटा  धारले काम गरिरहेको एसका नेताहरु नै बताउँछन् । (साँघु साप्ताहिक, २०८१ वैशाख १०)

प्रतिकृया दिनुहोस