• शनिबार-बैशाख-२२-२०८१

कतारका अमिर थानी काठमाडौँ आइपुगे, २१ तोपको सलामीसहित स्वागत सम्मान

 

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।  थानी चढेको विमान ३ :४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

 

अमिर थानीलाई स्वागत राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।  सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  

 

कतारका अमिर थानीलाई २१ तोपको सलामी

कतारका अमिर थानीलाई विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस