• शनिबार-बैशाख-२२-२०८१

अनन्या बारे पिता चंकी भन्छन्- ‘२५ वर्षकी भइन्, आफूले चाहेको काम गर्न सक्छिन्’

 

काठमाडौँ । बलिउड अभिनेता चंकी पाण्डेले आफ्नी छोरी अनन्या पाण्डेको व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । एक अन्तर्वार्तामा चंकीले आफ्नी २५ वर्षीया छोरीलाई आफूले नियन्त्रणमा नराख्ने र आफ्नो निर्णय आफैले लिन दिने बताएका छन् ।

 

चंकीले अनन्याको बलिउडमा आफैंले ठाउँ बनाएकोमा प्रशंसा गरेका छन् । एक अन्तर्वार्तामा चंकीलाई आदित्य रोय कपुरसँग अनन्याको सम्बन्धबारे प्रश्न सोधिएको थियो । यसबारे उनले भने, ‘मलाई यसमा कुनै समस्या छैन । अनन्या २५ वर्षकी भइन् र मभन्दा धेरै पैसा कमाइरहेकी छिन् । उनीहरु जे चाहन्छन् गर्न सक्छन् । २५ वर्षकी छोरीलाई केही भन्न म कसरी हिम्मत गर्न सक्छु ।

 

चंकीलाई अनन्याले फिल्ममा इन्टिमेट सीन गर्नमा कुनै समस्या छैन । उनले भने- 'म यससँग ठीक छु । हलिउड फिल्ममा पनि यस्ता दृश्य देखेको छु । यसमा कुनै हानि छैन र हामीले यसलाई स्वीकार गर्नुपर्छ ।' चंकीलाई छोरीहरूले सल्लाह माग्छन् कि भनेर सोध्दा उनले भने, 'मेरा दुवै छोरी आमा भावनासँग नजिक छन् । जब उसलाई केहि चाहिन्छ उसले मलाई कल गर्छ। उनीहरूलाई मेरो सल्लाहको आवश्यकता पर्दा म उपलब्ध छु ।'

 

वर्कफ्रन्टको कुरा गर्ने हो भने, अनन्याले २०१६ मा फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्, गत वर्ष उनी ‘ड्रिमगर्ल-२’ र ‘खो गए हम कहाँ’ जस्ता फिल्ममा देखिएकी थिइन् । अहिले उनी ‘कन्ट्रोल’ र ‘शंकरा’ जस्ता फिल्मको सुटिङमा व्यस्त छिन् ।

 

लभ लाइफको कुरा गर्ने हो भने, अनन्या आजकाल आदित्य रोय कपूरलाई डेट गरिरहेकी छिन् । दुवैले अहिलेसम्म आफ्नो सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक नगरे पनि धेरै अवसरमा सँगै देखिएका छन् । अनन्याले पनि गत वर्ष आदित्य रोय कपुरसँग माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी थिइन् ।

प्रतिकृया दिनुहोस