• शनिबार-बैशाख-२२-२०८१

रौतहटमा सवारी दुर्घटना : १ बर्षमा ४१ को मृत्यु, १७ हजार सवारी कारवाहीमा

 

रौतहट १३ बैशाख । रौतहट स्थित सवारी दुर्घटनामा परेर १ बर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ । 

 

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०÷०८१ को १ बर्षमा नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन लाई कारवाहीको दायरामा ल्याएर डेढ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । 

 

अघिल्लो आर्थीक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटनासंगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । गत साउनदेखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कार्वाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् । 

 

सोही अवधिमा जिल्लाको बिभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाइते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिएका छन । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको उनले बताए । 

 

अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ बर्षको अवधिमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । 
 

प्रतिकृया दिनुहोस