• बिहीबार-बैशाख-२७-२०८१

चालिस लाख छत्तिस हजार बढीकाे अवैध कपडा भएको मालवाहक ट्रक र पिकअप पक्राउ

वीरगञ्ज, पर्सा  ।  २०८१ वैशाख १२ गते वीरगञ्जमा विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको मालवाहक पिकअप र ट्रक ICP बाट जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ अलौ स्थित सडकखण्डबाट प्रहरीले पक्राउ गरेकाे छ ।


 पक्राउ गरिएका सवारी साधनमा  BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको  थियाे ।

 

दुई मालबाहक सवारी साधनमा रू.४०,३६,२०१।- (चालिस लाख छत्तिस हजार दुई सय एक) बराबरको विभिन्न किसिमका अवैध कपडाहरू फेला परेकाले आवश्यक कारवाहीको लागि मिति २०८१ वैशाख १३ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे  छ।

 

प्रतिकृया दिनुहोस