• शुक्रबार-बैशाख-२८-२०८१

सर्लाहीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला

 

सर्लाही १५ बैशाख । ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज विहान मकैबारीभित्र एक युवकको शव फेला परेकाे छ । 

 

स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत फेला परेका हुन् । प्रहरी स्रोतले घटना शंकास्पद रहेको जनाएको छ । 

 

जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगी आफै घटनास्थलमा पुगेर फर्किएका छन् । मृतक अरविन्दको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।

 

सर्लाही प्रहरीका डीएसपी दीपक श्रेष्ठले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए । `घटना शंकास्पद छ, एसपी साप आफै घटनास्थलमा पुगेर फर्किनुभएको छ,´ श्रेष्ठले भने, `शव प्रादेशिक अस्पताल ल्याएर घटनाको सुक्ष्म अनुसन्धानमा लागेका छौँ ।´

 

एसपीसहित अन्य प्रहरी अधिकारी पनि घटनास्थलमा पुगेर घटनाको अनुसन्धान भइरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस