• शनिबार-बैशाख-२९-२०८१

मटिहानी आगलागी : मुख्यमन्त्री यादवद्वारा छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता


महेन्द्रनगर (धनुषा) १५ वैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीस्थित आगलागीपीडितका लागि तत्काल राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । 

 

मुख्यमन्त्री यादवले शनिबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई क्षतिको यकिन विवरण पठाउन निर्देशन दिइसकिएकाले विवरण प्राप्त भएलगत्तै प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्ने बताउनुभयो । 

 

पीडित परिवारसँग कुरा गर्दै मुख्यमन्त्री यादवले हाल जिल्लास्थित विपद् व्यवस्थापन समितिको समन्वयमा तत्कालका लागि राहत वितरणका काम भइरहेका र क्षतिको विवरण आएपछि प्रदेश सरकारले छुट्टै राहत प्याकेज ल्याएर पीडितको पीडामा मलहम लगाउने कामगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

 

यही वैशाख १२ गते मटिहानी नगरपालिका–६ मा भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेका थिए भने ६० भन्दा बढी घरमा पूर्ण क्षति पुगेको थियो । 
---

 

 

 

प्रतिकृया दिनुहोस