• शनिबार-बैशाख-२९-२०८१

इलाम–२ को मतगणना ११ बजेबाट


काठमाडौं । इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ । 


आइतबार बिहान मतगणनास्थल गौतमबुद्ध सभम गृहमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मत गणना गर्न सुरु गर्ने निणर्य गरेको हो । 

२६ भदौमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् उक्त क्षेत्रको रित्त पदका लागि हिजो (बैशाख १५) उपनिर्वाचन भएको थियो । मतदान शनिबार नै सम्पन्न भएसँगै मतगणना आजबाट सुरू हुँदै छ । 

 

मतदानपछि मतपेटिका संकलन गर्न आज बिहान ४ बजेसम्म समय लागेकाले पनि मतगणना सुरु गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस