• शनिबार-बैशाख-२९-२०८१

जापानी विदेशमन्त्री योको नेपाल आउँदै

 

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छन् ।

 

जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जापानी दूतावासले जनाएको छ ।

 

विदेशमन्त्री खामिखावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको दूतावासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । 

 

नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दूतावासले जनाएको छ ।

 

नेपालको परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म विदेशमन्त्री खामिखावाको भ्रमण बारे औपचारिक जानकारी दिएको छैन ।

 

 

प्रतिकृया दिनुहोस