• आइतबार-बैशाख-३०-२०८१

इलाम- २ मा मतगणना सुरु, हरेक घण्टामा मतगणनाको नतिजा अपडेट गराइने

 

इलाम । इलाम- २ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

 

मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

 

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पूरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् । 

 

 

प्रतिकृया दिनुहोस