• मंगलबार-जेठ-१-२०८१

वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १६१ रनको लक्ष्य

 

काठमाडौँ । वेस्ट इन्डिज 'ए'ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।

 

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

 

वेस्ट इन्डिज 'ए' का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।

 

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिएका थिए ।
   

 

 

 

प्रतिकृया दिनुहोस