• सोमबार-बैशाख-३१-२०८१

इलाम- २ मा काँग्रेसको अग्रता कायमै(सम्पूर्ण उम्मेदवारकाे मत विवरण सहित)

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।

प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०७२ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले २११ मत प्राप्त गरेका छन् ।

 

निर्वाचन आयोगले अहिलेसम्म गणना गरिएका २७९७ मत सदर भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस