• सोमबार-बैशाख-३१-२०८१

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

 

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् । 

 

त्यस्तै एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५९५ प्राप्त गरेका छन् । बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा ४२१४ मत सदर भएको छ ।
  

प्रतिकृया दिनुहोस