• सोमबार-बैशाख-३१-२०८१

सन्दीपको सुनुवाइ भएन, विश्वकप खेल्ने सम्भावना लगभग समाप्त


काठमाडौं । फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन ।

 

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याउने सूचीमा पुगेको थियो । यसअघि वैशाख १० गते पनि तोकिएको पेसी हेर्न नभ्याइनेमा चढेको थियो ।  

 

जिल्ला अदालत काठमाडौंले ‘गौशाला २६ ले दायर गरेको मुद्दामा दोषी ठहर भएपछि सन्दीप फैसला पुनरावलोकनका लागि उच्च अदालत पुगेका हुन् । सन्दीपको अब अर्को सुनुवाइ एक सातापछि हुने छ । 

 

जसका कारण उच्चबाट सफाइ पाए पनि उनले टी २० विश्वकप खेल्ने सम्भावना निकै न्यून देखिएको छ । जुनमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटका लागि सवै टिमले मे १ तारिखसम्म स्क्वाड आईसीसीमा बुझाउनु पर्ने समयसीमा छ ।   
 

 

प्रतिकृया दिनुहोस