• सोमबार-बैशाख-३१-२०८१

कञ्चनपुरबाट लागूऔषधसहित तीनजना पक्राउ

 

कञ्चनपुर, १७ बैशाख । कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन् ।

 

दार्चुला मालिकार्जुन गउँपालिका–३ का आनसिँ साउँद, भीमदत्त नगरपालिका–६ का ऐठपुरका गोबिन्द धामीलाई एक दशमलव ८६ ग्राम लागूऔषधसहित पक्राउ परेका हुन् । यस्तै भीमदत्त नगरपालिका–६ का हरिश जोशी पनि ०.२२१ मिलि ग्राम लागूऔषधसहित पक्राउ परेका छन् ।

 

उनीहरूलाई भीमदत्तबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
 

 

 

प्रतिकृया दिनुहोस