• मंगलबार-जेठ-१-२०८१

थाहा पाउनुहोस् देशभरको आजको मौसम

 

काठमाडौं, १७ बैशाख । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी  प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

 

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

 

यस्तै लुम्बिनी र कोशी प्रदेशका तराईका केही  र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

 

 

प्रतिकृया दिनुहोस