• बिहीबार-जेठ-३-२०८१

उपनिर्वाचन : इलाममा तीन स्थानबाट मतगणनाको तयारी

 

इलाम, १७ बैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ । आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ ।

 

सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ । अहिले माङ्सेबुङको गणना जारी छ । अझै तीन पालिकाको मतगणना बाँकी छ ।

 

तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

 

 

प्रतिकृया दिनुहोस