• बिहीबार-जेठ-३-२०८१

भारतका पूर्व प्रधानमन्त्रीका छोरामाथि यौन शोषणको आरोप

 

नयाँदिल्ली, १७ बैशाख । पूर्व प्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ । 

 

एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्व मन्त्री भइसकेका ब्यक्ति हुन । प्रज्वल रेवन्ना कर्नाटकको हसन लोकसभा सीटबाट सांसद र जीडिएसका उम्मेदवार हुन् । 

 

उनीहरुले घरमा भान्सामा काम गर्ने एक महिलाको उजुरीको आधारमा होलेनारसीपुर प्रहरी चौकीमा उजुरी दर्ता भएको हो । यसअघि सामाजिक सञ्जालमा अश्लील भिडियो भाइरल भएको थियो । त्यसपछि राज्य सरकारले २७ अप्रिलमा एसआईटीलाई अनुसन्धान गर्न आदेश दिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस