• बिहीबार-जेठ-३-२०८१

बाघको आक्रमणबाट नवलपुरमा एकजना घाइते

 

नवलपुर, १७ बैशाख । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । मध्यविन्दु–५ बाघखोरनिवासी ३० वर्षीय यमनारायण महतो बाघको आक्रमणमा परी घाइते भएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका– ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको थियो । 

 

घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस