• बिहीबार-जेठ-३-२०८१

अर्घाखाँचीमा एक घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

 

अर्घाखाँची, १७ बैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ । 

 

भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

 

अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी प्रतीत सिंह राठोरका अनुसार आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् । हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिका भित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । 
 

 

प्रतिकृया दिनुहोस