• शुक्रबार-जेठ-४-२०८१

सवा १३ लाख भन्दा बढीको अवैध कपडा तथा किराना सामान बरामद

 रौतहट। जिल्ला  प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट बौधीमाई न.पा.वडा नं.७ स्थितमा केही मानिसहरुले भारतबाट अवैध रुपमा भंसार छली चोरी पैठारी गरी लत्ताकपडा र किराना लगायतका सर सामानहरु  ल्याई लुकाई छिपाई राखेको खाेजतलास गर्दा सवा तेह्र लाखकाे अवैध सामान बरामद गरिएकाे छ ।


वैशाख १७ गते  प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेकाे सामानकाे मूल्य रु.१३,२६,०४५।–(तेह्र लाख छब्बिस हजार पैतालिस रुपैया मात्र ।-) बराबरको रहेकाे प्रहरीले बताएकाे छ ।

 

बरामद उक्त लत्ताकपडा र किराना सर सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको राैतहट प्रहरीले बताएकाे छ।

प्रतिकृया दिनुहोस