• मंगलबार-जेठ-८-२०८१

बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ

 

बारा । बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

 

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस